नेपालीले रोजगारीका लागि मनपराएका १० मुलुक(सूची सहित) 

काठमाडौं, बैशाख १६-

बैदेशिक रोजगारमा जाने नेपालीले मन पराएका १० वटा मुलुकमा पहिलो नम्वरमा कतार देखिएको यसैगरी दोश्रोमा साउदी अरेविया तेश्रोमा संयुक्त अरव ईमिरेट्स(युएई)

— विदेशको राम्रै जागिर छोडेर स्वदेश फर्केर स्वरोजगार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको बैदेशिक रोजगारका लागि श्रम आप्रवासन सम्वन्धि नेपालको स्थीति प्रतिवेदन २०७२७४ ले यस्तो देखाएको हो प्रतिवेदन अनुसार नेपालीको श्रम स्वीकृति नविरकण हुने उच्च १० मुलुकको सूचीमा चौथो नम्वरमा मलेसिया, पाँचौंमा कुवेत, छैठौंमा बहराइन, सातौंमा ओमान, आठौंमा जापान, नवौंमा मकाउ तथा दशौंमा ईजरायल रहेका छन् यो संख्या २०६५/६६ देखि २०७३/७४ सम्मको तथ्याँकका आधारमा तयार पारिएको हो

प्रतिवेदन तयार पार्ने प्रमुख परामर्शकर्ता नेपाल सरकारका पूर्व सचिव दिपेन्द्र विक्रम थापाले श्रम स्वीकृति नविकरण धेरै हुने देशका आधारमा ति मुलुकलाई नेपाली कामदारले बढी मनपराएको देखिएको बताए

— ‘नेपालमा नै महिनामा ४०५० हजार कमाई हुने काम यी हुन्’

प्रतिवेदनले सुरुमा बैदेशिक रोजगारमा जाने मुलुकमा भनें मलेसिया पहिलो गन्तव्य रहेको देखाएको २०६५/६६ देखि २०७३/७४ सम्म बैदेशिक रोजगारमा गएका कुल नेपाली मध्ये २९ दशमलव ८८ प्रतिशत मलेसिया गएको देखिएको यसैगरी दोश्रोमा २१ दशमलव ५७ प्रतिशत कतार तथा २० दशमलव ३७ प्रतिशत साउदी अरव गएको देखिएको  

पुनः श्रम स्वीकृति लिनेको संख्याका आधारमा यस्तो देखिएपनि नेपालीको रोजाईको गन्तव्य मुलुकमा दक्षिण कोरिया, ईजरायल तथा जापान हो ति मुलुकमा जान अन्य मुलुकमा झैं सहज नभएका कारण मात्र अन्य खाडीका मुलुक मलेसियामा पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या उच्च देखिएको यस क्षेत्रका जानकारहरु बताउँछन्

श्रम स्वीकृति नविकरण हुने उच्च १० मुलुकहरुः

. कतार ३२.७६ प्रतिशत

. साउदी अरेविया २८.२५ प्रतिशत

. संयुक्त अरव ईमिरेट्स(युएई) २०.२८ प्रतिशत

. मलेसिया ८.६३ प्रतिशत

. कुवेत ४.५९ प्रतिशत

. बहराइन १.५८ प्रतिशत

. ओमान १.२८ प्रतिशत

. जापान ०.५९ प्रतिशत

. मकाउ ०.३७ प्रतिशत

१० ईजरायल ०.३६ प्रतिशत

११ बाँकी अन्य देशहरु १.३१ प्रतिशत

यो पनि पढ्नुहोस् ‘स्वदेशमा नै मासिक ५० हजार कमाइरहेको छु’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय