विदेशमा २४ घण्टे बीमा सेवाका लागि प्रयास गर्दै सरकार, नेपाली कामदार लाभान्वित हुने

  

काठमाडौं, बैशाख १४-

सरकारले गन्तव्य मुलुकमा २४ घण्टे बीमा सेवाको प्रस्ताव सम्वन्धित मुलुकहरुसँग गर्ने भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको दुर्घटनामा क्षतिपूर्ति उपलव्ध गराउन मन्त्रालयले २४ घण्टे बीमा प्राथमिकतामा राखेको बताए

मन्त्रालयले बैदेशिक रोजगारका लागि श्रम आप्रवासन सम्वन्धि नेपालको स्थिति प्रतिवेदन २०७२ ७४ सार्वजनिक गर्दै मन्त्री विष्टले सरकारले सीप नसिकेका व्यक्तिलाई विदेश जान रोक्ने नीति बनाउने समेत बताए उनले यो ठूलो गम्भीर निर्णय हुने भन्दै यसले बैदेशिक रोजगारमा जान चाहनेहरु सीप सिक्न बाध्य हुने अवस्था सिर्जना हुने भन्दै नेपालीको बैदेशिक रोजगार लाभदायक बनाउन सो निर्णयले भूमिका खेल्ने धारणा राखे बैदेशिक रोजगार सरकारको प्राथमिकताको विषय नभइ केहि समयका लागि बाध्यता भएको भन्दै मन्त्री विष्टले स्वदेशमा नै रोजगारी बृद्धिका योजना अगाडी सारिने जानकारी दिए

मन्त्री विष्टले बैदेशिक रोजगारलाई भरपर्दो गुणस्तरिय बनाउन मन्त्रालयका तर्फबाट नीति तथा ऐनमा सुधारको प्रयास सुरु भएको भन्दै गन्तव्य मुलुकका रहेका कुटनीतिक नियोगबाट मात्र मागपत्र प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने तर्फ सरकारले अन्तिम तयारी गरिरहेको बताए   

यो पनि पढ्नुहोस् अरनिको मदनहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय