काठमाडौं, असार २३- सरकारले निःशुल्क भिषा र निःशुल्क टिकटमा बाहेक बढी लागत तिरेर बैदेशिक रोजगारीमा जाने व्यवस्था बन्द गरेपछि त्यसको विरोधमा म्यानपावर व्यवसायी उत्रेका छन् । उनीहरुले बुधवार बैदेशिक रोजगार विभागको ताहचल स्थीत कार्यालय अगाडी विरोध प्रदर्शन गरे । व्यवसायीहरु म्यानपावर कार्यालय अनिश्चित कालका लागि बन्द गरेर आन्दोलनमा उत्रेका छन् । व्यवसायीको आन्दोलन सुरु भएपछि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा व्यक्त केहि विचारहरु : Dharam KC #facebook अचेल अचम्मका तर्क देखिने गरेका छनः म्यानपावर ब्यवसायीका पुर्ब अध्यक्षले भिडियो अन्तर्वार्तामा भन्दैथिए – “बिभागका कर्मचारीले ठूला ठूला महल बनाएका छन, उनीहरू पनि अख्तियारको कार्बाहीमा परेका छन भने हामी ब्यवसायीहरूले पनि महल ठड्याउन किन नपाउने ? हामीले पनि गलत गर्न किन नपाउने? बिभागलार्इ हुने अख्तियारको कार्बाही हामीलार्इ पनि भयो त के भयो ?” हिन्दु तारा गौतम @ebutwal : विदेश नजादैमा भोकै मर्ने होइनन, बरु थोरै जाउन,राम्रो काम दाम पाउन हेपियर बस्न नपरोस, म्यानपावर बन्द गरेर केहि फरक पर्दैन । Birendra Km #facebook मनपरि पैसा खान पाउनु पर्छ भन्दै मेनपावरहरुको आन्दोलन रे ! कस्तो अच्चमको देश लोकतान्त्रको नाममा जे पनि गर्न पाउने !! दिपा राई @dkbh96 वैदेशिक रोजगार सम्बन्धित सबै जिम्मेवारी सरकार ले लिदा हुदैन र? यी लुटेरा हरु को भट्टी सधैको लागि बन्द गर