काठमाडौं, वैदेशिक रोजगारको प्रलोभनमा पारेर ५ जना युवाहरुलाई ठगेको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । आकर्षक तलब हुने काममा मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका ३ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १४ बस्ने ३६ वर्षीया बिमला जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिसीले मौरिसस पठाइदिन्छु भन्दै ५ जना युवाबाट ६ लाख ५० हजार रूपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाएको छ । उनी रकम लिएर सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी जिसीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय