काठमाडौं, वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग वा विरामी भएका व्यक्तिका सन्ततीलाई कल्याणकारी कोषबाट प्रदान गरिने छात्रवृत्तिका लागि यहि असोज मसान्तभित्रमा आवेदन दिन वैदेशिक रोजगार बोर्डको सचिवालयले सुचित गरेको छ ।

बोर्डले एक सुचना प्रकाशित गरी बोर्ड सचिवालयबाट शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका १८ बर्ष मुनीका १२ कक्षासम्म अध्ययनरत बालबालिकाका लागि छात्रवृत्तिका लागि आवेदन दिन सुचित गरेको हो ।

त्यस्ता व्यक्तिका नेपालको कुनै पनि सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले छात्रवृत्तिका लागि आवेदन दिन सक्दछन् । योग्यता पुगेका व्यक्तिको आवेदन विद्यालयमा प्राप्त भएपछि आ आफ्नो स्थानीय तह –शिक्षा समितबाट निर्णय हुनेगरी पालिकाले तोकेको शिक्षा शाखा वा रोजगार सेवा केन्द्र) मा कागजात सहित सिफारिस गरिदिन बोर्डले आग्रह गरेको छ । थप जानकारी आवश्यक परेमा कल सेण्टरको पैसा नलाग्ने फोन नम्वर ११४१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय