काठमाडौं, रोजगारीका लागि गत भाद्र महिनामा नेपालबाट ५७ हजार ४ सय ९३ नेपाली विदेशिएका छन् । त्यसमध्ये ३९ हजार ५ सय ५७ जना नयाँ हुन् भनें १७ हजार ९ सय ३६ जना पुनः श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार गत महिना सवैभन्दा धेरै नेपाली रोजगारीका लागि संयुक्त अरव इमिरेट्स (युएई) गएका छन् । भाद्र महिनामा युएईमा रोजगारीका लागि जान श्रम स्वीकृति लिनेहरुको संख्या १८ हजार ६ सय ५ रहेको छ । दोस्रोमा कतार जानेहरुको संख्या छ । कतारका लागि ११ हजार २ सय ९१ ज्नाको अन्तिम श्रम स्वीकृति निकालिएको छ ।

साउदी अरवमा रोजगारीका लागि जान १० हजार ८ सय ३५ जना तथा कुवेतका लागि ४ हजार २ सय १५ जनाको लागि श्रम स्वीकृति निकालिएको विभागको तथ्याङ्क छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय