मदिरा र लागु औषध सहित ८ नेपाली पक्राउ

 

हरिकृष्ण न्यौपाने, कुवेत- कुवेतमा घरायसी मदिरा बनाउने सामान अनी ठुलो मात्रामा बिक्रीको लागि राखिएको मदिरा सहित ६ जना तथा लागु औषध सहित २ जना गरी ८ जना नेपाली पक्राउ परेका छन । पक्राउ पर्नेमा ३ महिला अनी ५ पुरुष रहेका छन।

अरव टाइम्सका अनुसार कुवेतको इगाइला क्षेत्रमा ३ महिला सहित ६ नेपाली कामदारहरु मदिरा बनाउने तथा बिक्री बितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन। अहमादी सेक्युरिटी डाइरेक्टर ब्रिगेडियर अब्दुल्लाह साफाको नेतृत्वमा रहेको प्रहरीले उनीहरुलाई पिछा गर्दै मदिरा उत्पादन गर्ने घरमा पक्राउ गरेका थिए । उक्त घरमा छापा मार्ने क्रममा ५ सय १८ बोतल र २ सय ४ ब्यारल घरेलु मदिरा प्रहरीले बरामद गरेको थियो भने उनीहरुले ४ वटा मदिरा उत्पादन गर्ने सामान, ६ वटा ब्यारल, ९ बक्स मदिराको लागि प्रयोग हुने सामग्री (इस्ट) र ६० बोरा चिनी पनि नियन्त्रणमा लिइएको छ। 

पक्राउ परेका ६ जना नेपालीलाई कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको पनि समाचारमा जनाइएको छ।

यसैगरी अर्को समाचारमा लागु औषधको कारोबारमा संलग्न भएकोमा २५ जना आप्रबासी कामदारलाई पक्राउ गरिएको जनाएको छ। कुवेतको लागु औषध नियन्त्रण कार्यालयलाई उध्रित गर्दै आइमान मात न्युज पोर्टले जनाए अनुसार पक्राउ पर्नेमा २ जना नेपाली रहेको बताइएको छ।अन्य देशका अप्रबासीहरुका हकमा भने इजिप्सियन ७, भारतीय ६,बेदुन (स्थानिय नागरिकता नपाएका तर शरणार्थी भएर बसेका ३, फिलिपिनो २ तथा श्रीलंकन, जोर्डनियन, बंगालादेशी र प्यालेस्टियनीका एक एक जना पक्राउ परेका छन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय