काठमाडौं-, मंसिर २ विदेशमा काम गर्ने वा बैदेशिक रोजगारीमा जान ईच्छुकको संरक्षणका लागि प्रविधी विकास गर्न चाहने टेकक्याम्प नेपालका तीन सहभागी टीमलाई ह्युमानिटी युनाईटेडले अनुदान दिने घोषणा गरेको छ । एफवानसफ्ट समुह, वल्र्ड एजुकेसन इन्क र काराभान स्टुडियो साथै कार्यान्वयन साझेदार सिएचटुएमले एकमुष्ठ तीनलाख अमेरिकी डलर(नेरु तीन करोड बढी) पाउने ह्युमानिटी युनाइटेडले घोषणा गरेको हो । तिनिहरुले प्रविधीमा आधारित समाधान विकास गर्न अनुदान प्राप्त गरेका हुन् ।
जनचासोको मोबाईल एप्स समाधानहरुमा आधारितका लागि पनि एउटा फेसबुक एफबिस्टार्ट प्याकेजबाट पुरस्कृत गरिएको छ ।
ह्युमानिटी युनाईटेड, नेपालस्थित अमेरिकी दुतावास र मानव बेचविखन अनुगमन गर्ने अमेरिकी विदेश मन्त्रालयस्थित कार्यालयले टेकक्याम्प नेपाल आयोजना गरि अमेरिका, नेपाल र कतारका स्थानिय तथा अन्तराष्ट्रिय विज्ञ, व्यवसायी, उद्यमी, नागरिक समुह र सरकारी प्रतिनिधिलाई गत सेप्टेम्बरमा तीनदिन एकै स्थानमा ल्याइएको थियो । काठमाडौंमा भएको उक्त कार्यक्रमको उद्देश्य प्राविधीक समाधान मार्फत नेपाली कामदारमाथि हुने शोषण कम गर्ने र उनीहरुको संरक्षण गर्ने थियो । नेपाली आप्रवासीले सामना गरिरहेका दुई मूख्य चुनौतीः शुल्कले जन्माएको जोखिम र कामदारको पिडा कम गर्नमा लागेका तगाराहरु हटाउनका लागि प्रविधी विकास तथा कार्यान्वयनमा यि समाधानलाई छनोट गरिएको हो ।
“कठिन चुनौती सामना गर्न प्रायः नयाँ सोच र उर्जा आवश्यक पर्छ । यि समाधानको विकास र कार्यान्वयन सहि दिशाका उत्साहित पाइला हुन्,” ह्युमानिटी युनाईटेडमा यो अभियानकी प्रमुख क्याथरिन चेनले भनिन् ।
चुनौतीको आकार र प्रकार हेर्दा, आप्रवासी कामदारले भोगीरहेको समस्याहरु समाधान गर्न एकलो संस्था, व्यक्ति र सरकारबाट सम्भव नभएपनि यि नयाँ बिधि र तरिकाले नेपाल र गन्तब्य मुलुकका कैयन चुनौती समाना गर्ने सम्भावाना रहेको उनको भनाई छ ।
एफवानसफ्ट समुह र त्यसको साझेदार इसेवाले आप्रवासीको भुक्तानी मोबाईल मनि सेवा मार्फत गर्ने पाईलट आयोजना सञ्चालन गर्नेछन्, जसले अहिलेको नगद कारोबारको पारदर्शी विकल्प प्रस्तुत गर्नेछ ।
वल्र्ड एजुकेसन इन्कले वित्तिय साक्षरता र व्यवस्थापन उपकरण र सुरक्षित आप्रवासन समावेस भएको वेव र मोबाईल एप्स बनाउने छ । कामदारले उनीहरु विदेश जाने तयारी गर्दा नेपालमा र गन्तव्य राष्ट्रमा पुगेपछि पनि ति दुवैको प्रयोग गर्न सक्ने छन् ।
काराभान स्टुडियो र सिएचटुएमले मोबाईल फोनमा आधारित उपकरण विभिन्न भाषामा बनाउने छन् जसले गन्तव्य देशमा बसोवास र कामको अवस्था बारेमा कामदारले गोप्य जानकारी दिन सक्नेछन्, यसबाट इन्जिनियरिङ÷निर्माण आयोजना व्यवस्थापक र ठेकदारले राम्रो जानकारी पाउने छन् र कामदारको विषयमा जिम्मेवार बन्नेछन् ।
“यो आविस्कार लामो समयदेखि थाँति रहेका समस्याहरुको नयाँ समाधान हो,” चेनले भनिन् । “हामीले आशा लिएका छौ, तिनीहरुले प्रगतिको जग राख्ने छन् र ति समुहसँग काम गर्दै जादाँ साथै आगामी वर्ष यि सोचलाई उपकरणको रुपमा विकास गर्दै जानेछौ ।”
ह्युमानिटी युनाईटेड सन् २००५ मा स्थापना भएको शान्ति स्थापना र मानव स्वतन्त्रतातर्फ अग्रसर अमेरिकास्थित फाउण्डेसन हो । घर र विश्वको कुनै कुनामा जहाँ यही आदर्शलाई चुनौति दिईन्छ, त्यहाँ ह्युमानिटी युनाईटेडले द्वन्द्व र अन्यायबाट विश्वलाई मुक्त गर्ने भिजन लिएका वृहत सञ्जालको प्रयास, सोच र संगठनसंग सहयोग र सहकार्य गर्छ ।