फूल रोयो खडेरीमा फूल्न नसकेर यो मन रोयो निष्ठूरीलाई भूल्न नसकेर । मुटु रेट्ने मान्छे आखिर मनभित्र बस्यो आँशु खस्यो भूईंमा बरै जीवन कहाँ फस्यो यात्राभरी सँगै डुल्न नसकेर यो मन रोयो निष्ठूरीलाई भुल्न नसकेर । दिन ढल्छ साँझ पर्छ दुुख्न थाल्छ छाती उनकै तस्विर हेरी बित्छन् मेरा दिनराती उनको मेरो नाता के हो खुल्न नसकेर यो मन रोयो निष्ठूरीलाई भुल्न नसकेर । फूल रोयो खडेरीमा फूल्न नसकेर यो मन रोयो निष्ठूरीलाई भूल्न नसकेर । मनोज ‘मनसुन’ हाल कुवेत
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1