मेनपावर सञ्चालकको स्वाइन फ्लुले मृत्यु

काठमाडौं, बैशाख ७- नेपाल बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष सोमलाल बाटाजुको स्वाइन फ्लुले निधन भएको छ । उनी ११ दिनदेखि उपचाररत थिए । स्वाइन फ्लुले च्यापेपछि उनी काठमाडौंको ग्राण्डी अस्पताल भर्ना भएका थिए । उनको सोमवार विहान २ः३० मा निधन भएको अस्पतालले जानकारी दिएको छ । बटाजुको पार्थिव शरिर अहिले घरमा राखिएको छ । बाटाजुका दाजु पोखराबाट आएपछि अन्तिम संस्कारको तयारी सुरु हुने व्यवसायी विमल ढकालले बताएका छन् । यस अघि एमाले नेता रामनाथ ढकालको पनि स्वाईन फ्लुकै कारण ज्यान गएको थियो । कसरी बच्ने स्वाइन फ्लुबाट ? स्वाइन फ्लु भनेर चिनीने इन्फ्लुएञ्जा एन –१–एन १ नामको भाइरसको संक्रमणले मानिसको मृत्यु समेत हुन सक्छ । विशेषगरि सु्ंगुरमा पाइने यो भाइरस आफनो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा फैलिने गर्दछ । यो भाइरस साधारण फ्लुको भाइरस जस्तै गरि फैलिन सक्छ । जब कुनै संक्रमित व्यक्तिले खोक्छ वा हाच्छीउँ गर्दछ, त्यस्तो व्यक्तिले निकाल्ने छिटासंगै भाइरस बाहिर आउछ । हावामा फैलिन्छ । त्यही बेला निरोगी व्यक्तिले सास लिदा भाइरस सर्न सक्छ । सामान्यत मानिसले खोक्दा वा हाच्छिउँ गर्दा एक मिटरसम्म भाइरस फैलिन्छ । भाइरस भएको छिटा कुनै वस्तुमा पऱ्यो भने त्यस्तो वस्तु पनि जोखिमयुक्त बन्छ । ढोकाको हेन्डील, सिराने, किबोर्ड, मोवाइल, रिमोट कन्ट्रोल जस्ता वस्तुमा रोगी व्यक्तिको छिटा पऱ्यो भने त्यस्ता वस्तुमा भाइरस २४ घण्टासम्म जिवित रहन्छ । त्यस्ता वस्तुलाई निरोगी व्यक्तिले प्रयोगमा ल्याउने क्रममा पनि स्वाइन फ्लु सर्न सक्छ । यसकारण यो भाइरस तीव्र गतिमा फैलिन सक्छ । यो भाइरसले संक्रमण गर्छ नै भन्ने ग्यारेन्टी चाहि हुदैन । किनभने केही मानिसको रोगप्रतिरोधी क्षमता बलियो छ भने भाइरसले संक्रमण नगर्न सक्छ । तर भाइरस कडा हुने भएकोले सजिलै फैलिने खतरा हुन्छ । फ्लु भन्ने वित्तीकै तपाई हामी सामान्य रुघाखोकी वा मौसमी ज्वरो भन्ने बुझ्छौ । स्वाइन फ्लुको प्रारम्भिक लक्षण पनि सामान्य रुघाखोकी जस्तै हुन्छ । तर पनि स्वाइन फ्लुका केही विशेष लक्षण हुन्छन् । ति लक्षण ज्याने लिने रोग बन्न पनि सक्छन् । स्वाइन फ्लुको संक्रमणमा शरिरको तापक्रम ३८ डिग्री सेल्सीयस वा त्यो भन्दा बढि हुनु, अत्यधिक थकान महशुस हुनु, टाउको दुख्नु, रुघा लाग्नु, घाटी खसखसाउनु, खोकी लाग्नु, सास लिन गाह्रो हुनु, मांशपेशी वा शरिर अति दुख्नु, पेट खराब हुनु, झाडावान्ता हुनु यो रोगका प्रमुख लक्षण हुन् । रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुलाई स्वाइन फ्लु संक्रमण भयो भने ज्यान जाने सम्भावना पनि बढी हुन्छ । क्यान्सर, मृगौला सम्बन्धी रोग, गर्भवती महिला, एक वर्ष भन्दा कम उमेरको बच्चामा रोग प्रतिरोधी क्षमता कम हु्न्छ । त्यस्ता व्यक्तिमा स्वाइन फ्लु्का जस्तै लक्षण देखिएमा तुरुन्त चिकीत्सकसंग सम्पर्क गर्नु पर्छ । बालबालिकाहरु रोगबारे सजग हुन सक्दैनन् । यसकारण उनीहरुमा स्वाइन फ्लु्को संक्रमण हुने सम्भावना बढि हुन्छ । बालबालिकामा यदि शास फेर्न गाह्रो हुने, आलस्य हुने, धेरै रुने, स्वाइन फ्लुको जस्ता लक्षण देखिने भएमा तुरुन्त अस्पताल लैजानु पर्छ । स्वाइन फ्लुबाट बच्न त्यति सजिलो छैन । तर पर्याप्त सावधानी अपनाएमा संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । स्वाइन फ्लुबाट जोगिने केही उपायहरु यस्ता छनस् – सामान्य फ्लु् भएका विरामीबाट करिब ६ मिटर पर नै बस्ने । – खोक्दा वा हाच्छिउ गर्दा रुमाल वा टिश्यू पेपरले मुख ढाक्ने । – हात धुदा सावन पानीले कम्तिमा २० सेकेण्ड धुने । – फ्लु संक्रमित व्यक्तिका सामान प्रयोग नगर्ने । यस्ता सावधानीले स्वाइन फ्लु मात्रै होइन धेरै किशिमका संक्रमणबाट जोगिन सकिन्छ । स्वाइन फ्लु विरुद्धको खोप पनि विकास गरिएको छ । तर यस्तो खोपको प्रभावकारीतामा पूर्ण विश्वास गर्न सकिन्न । यद्यपी अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सन २००९ मा स्वाइन फ्लु विरुद्धको खोपलाई मान्यता दिएको थियो । सो खोपको अध्ययन पछि खोपको एक मात्राले १० दिनसम्म स्वाइन फ्लुबाट जोगाउने देखियो । यो खोपले शरिरमा पर्याप्त मात्रामा एन्टीवडी निर्माण गर्छ । जसले भाइरसलाई निस्तेज पार्छ । केही जातीका मानिसको शरिरमा प्राकृतिक रुपमै बलियो एन्टीवडी मौजुद हुने हुनाले खोपको आवश्यकता नै पर्दैन । भारतमा स्वाइन फ्लु तीव्र गतिमा फैलिरहेको छ । यो रोग नेपालमा पनि आइसकेको छ । हरेक व्यक्तिले स्वाइन फ्लुबाट जोगिने केही आधारभूत जानकारी राख्नु राम्रो हुन्छ । घर, टोल, वस्ती कार्यालय जहा रहदा पनि सजगता अपनाउनु राम्रो हुन्छ । स्वाइन फ्लु संक्रमण भएको सुरु मै पत्ता लाग्यो भने धेरै हदसम्म उपचार सम्भव हुन्छ ।अन्यथा यसले ज्यान लिन पनि सक्छ । स्वाइन फ्लु भाइरसबाट जोगिन सबैभन्दा पहिले त सरसफाइमा ध्यान दिनु पर्छ । आफनो घर वरपर फोहोर हुन हुदैन । कतै पनि फोहोर पानी जमाएर राख्नु हुदैन । जमेको फोहोर पानी पनि हटाउनु पर्छ । यदि घरमा कोही स्वाइन फ्लु वा इन्फ्लुएन्जाबाट ग्रसित छ भने त्यस्तो विरामीलाई वेग्लै सफा कोठामा राख्नु पर्छ । सावन पानीले हात नियमित धुने, घरको ढोकाको हेन्डील, कीबोर्ट, आदि सफा राख्ने, मास्कको प्रयोग गर्ने, अनुहारमा हात अनावश्यक रुपमा नलैजाने जस्ता सजगता अपनाउन सकिन्छ । (यो जानकारी हाम्रो सन्देश डटकमबाट साभार गरिएको हो) यो पनि पढ्नुहोस् यस्तै छ युएईको दुतावासको रामकहानी  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय