हतारमा गए कतार, नेपालमै भयो प्रगति   

भन्नेले त बाहुन त्यो पनि पुजारीको छोरो भएर पनि कुखुरा पाल्यो भनेर जिस्क्याउनु जिस्क्याए । तर उनले हिम्मत हारेनन् । त्यसरी उनलाई उल्याउनेहरुले नै अहिले कुखुरा पाल्न थालेका छन् । पुजारीका छोराले कुखुरा पाल्यो भन्नेहरुकै अहिले मेरो भन्दा ठूलो कुखुरा फारम छ ।’ पर्वत जिल्लाको कुश्मा नगरपालिका–४, खुर्कोटका ३५ बर्षिय बिष्णुप्रसाद रेग्मीले बिगत कोट्याउ‘दै भने । उनले थपे ‘मैले त ऑट गरेकै हु‘ । त्यसपछि अरुको बाटो खुल्यो । अव त सामान्य भइसक्यो । अहिले यसैमा लाग्ने कोहि दलित छौ कोहि क्षेत्रिबाहुन । व्यवसाय गर्न के जातपात ? खान मन नलागे नखाए भै हाल्यो नि । यो कुरा बल्ल बुझे गिल्ला गर्नेहरुले । र, भन्न थालेका छन् बिगतका कुरा अव बिर्सै हौ । मलाई पनि सम्झने मन त कहॉ छ र ।’ ‘२०६५ सालतिर कुखुराको खोर बनाउन थाल्दा थुइक्क कुखुरे, अरु काम केहि देखिनस् । बाबुले बॉचुञ्जेलसम्म शिवालयमा बिहान वेलुका पाठपुजा गरे । धुपबत्ति बाले, शिवजीको आरती गरे । त्यसपछि दाजुले गरिरहेका छन । तैले भने गतिनै छोडेर कुखुरा पालिस्’ भन्नेहरु धेरै थिए, उनी विगत सम्झिंदै थिए । गाउँमै सल्लाह दिनेहरुको कमि थिएन । ‘हेर बिष्णु यो चैं तैले ठिक गरिनस् । प्रश्न तेरो मात्र होइन गाउ‘का सबै बाहुनहरुको हो । बाबुबाजे बसेको सिमामा बस्नु पर्छ । सोहि अनुसार कर्म गर्नु पर्छ । र, परम्परालाई जोगाइ राख्नु पर्छ ताकि आउने सन्तान दरसन्तानहरुले पनि निरन्तरता दिउन् । त्यसैले बाबुबाजेले गर्दै ल्याएको गाई, बाख्रा पालेको भए नि हुने । किराना पसल, चिया पसल पनि चल्थ्यो । पुरेत्याईं सिकेर जजमानि गरेको भए नि हुने । तर, गाउ‘मा कसैले नगरेको काम तँलाइनै किन गर्नु प¥या हो ? यस्ता शब्दहरु मैले कति सुनें सुनें । तर, हिम्मत हारिन ।’ उनले भने । छेउमै बसेर उनका कुरा सुनिरहेकी उनकी श्रीमति सिता रेग्मीले थपिन् ‘त्यसो त मलाई कुखुरेकी बुढि भन्थे । भन्नेले भन्दै गर्छन् गरिखान के को लाज भनेर सुरु गरेको थियो । ठिक गरेछौ ।’ उनका बारे खुर्कोटकै केदारनाथ रेग्मीले भने ‘बिष्णुले गाउ‘मै गर्न सकिने व्यवसाय देखाइ दियो । त्यो पनि हिम्मत गरेर । त्यसपछि अरुले सुरु गरे । बिष्णु गाउ‘कै अगुवा कृषक हो कुखुरापालनमा । सुरुसुरुमा उसलाई कुखुरे भन्थे, अहिले सबैका गुरु भन्छन ।’ खुर्कोटकै पार्वती अर्यालले भनिन उनीहरुको कुखुरा पालन र प्लाष्टिक टनेलमा गोलभेडा खेती सिक्न लायक छ । त्यो पनि कुखुराको मल प्रयोग गरेर । सुरुसुरुमा कुखुराको मल भनेर मुन्टो बटार्नेहरुनै किन्न हिजोआज घरैमा जान्छन । सिताले प्लाष्टिक टनेलमा तरकारी खेती यसै बर्षबाट सुरु गरेकी हुन् । यो उनलाई सिकायो प्लान नेपालले । अनी बिउबिजन किन्न उनले स्थानीय सहकारीबाट ऋण लिएकी छिन् । दुबैजना मिहिनेति छन् । त्यसैले कमाइ पनि राम्रो छ । त्यसमा पनि कुखुराको मल तरकारीको लागि राम्रो भएकाले तरकारी राम्रो भएको छ । तर विष्णुलार्ई आफ्नै ठाउँमा गरिखाने जाँगर त्यसै पलाएको होइन । एकचोटी विदेश अजमाएर फर्किसकेका हुन् उनी । तलव, ओभरटाइम, घामपानीको चिन्तै हुन्न भनेपछि उनी लोभिएर २०६९ सालमा हान्निए कतार । तर कतार पुगेपछि पो थाहा भयो काम त सडक खन्ने पो रहेछ । बिरानो ठाउ‘ कसलाई के भन्नु । जिउदै आइएला भन्ने आशै हरायो उनको । श्रीमति, छोराछोरी, आमा, दाईहरुसँग भेट नहुने भयो भनेर अताल्लिए पनि । गएको तीन महिनामै केमिकल्स उछिट्एिर अनुहारमा प¥यो । १५ दिन अस्पताल बसे । पोलेर खप्नै सकिनन् । महिनौ दिन नसुति बिते । यसो भन्दाभन्दै उनका ऑखा रसाए, बोलिनै लरबरायो । हत्त न पत्त घर भित्र छिरे र एउटा फोटो ल्याएर देखाए । एउटा ऑखो डम्म फुलेको । ऑखाबाट बगेको ऑसु, रातो अनुहार र हातका ठेला देखाउ‘दै भने ‘यही हो कतारको कमाई । Regmi ढाँटेर पसलको काममा भनेर पठाएको रहेछ उनलाई । मासिक १६ हजार तलव थियो । जाँदाको ऋण तिर्नकै लागि सकिनसकी डेढ बर्ष बिताए । सात महिना अघि घर फर्किए र फेरि सुरु गरे कुखुरा पाल्न । ५ सय चल्ला छन् । साथमा तरकारी खेती थपिएको छ । उनी सात महिनाको कमाइबाट उत्साहित छन् । अब ब‘गुर पाल्ने योजनामा छन् । हेर्दै जाउ‘ के हुन्छ ?’ कतार बसाई कस्तो रह्यो त उनको ? कतारको के कुरा गर्नु उनले भने कत्ति दःुख पाए‘ पाए‘ । जीवनका सबैभन्दा कष्टकर दिनहरु बिते । बिरामी भएपछि न कम्पनीले हे¥र्यो न त लाने एजेन्टले नै । उनी भन्छन् म जस्तै लहैलहैमा कति पुगेका छन् कति । केहिको राम्रो थियो । तर, धेरैको बिजोक देखेको छु । के के न हुन्छ भनेर गइन्छ । त्यतिको दुःख गर्ने हो भने त्यहॉको कमाइ भन्दा बढि यहिनै हुने रहेछ । त्यसैले म त भन्छु गाउँमै पनि उपायहरु छन् । जानेनै हो भनेपनि सीप सिकेर, राम्ररी कुरो बुझेर जॉदा राम्रो नत्र नगएपनि हुन्छ खाडीमूलुक । तपाईको भनाई लेख्नुहोस्  तपाईलाई मन पर्नसक्छ, यो पनि पढ्नुहोस्  https://deshparadesh.com/third-ampire-2/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय